३० जेष्ठ २०८३, शनिबार
,
Latest
काँग्रेस युवा नेताको आरोपः ‘काँग्रेसको नेतृत्व नपाएको भए गगनले रास्वपाको नेतृत्व गर्ने थिए’ वैकल्पिक भनिएका शक्तिहरू विचारशुन्य र विध्वंसात्मक बाटोमा लागेः डा. सीके राउत पुराना दलको विकल्पमा दुईवटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छः डा. बाबुराम भट्टराई हर्कराज राई भन्छन्–‘देशलाई माया गर्दा गाली खाइरहेको छु’ पशुपति क्षेत्रको संस्कृति र परम्परामा आँच पुग्ने निर्णय सच्याउन गगन थापाको माग एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड डाँका चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमशीलता तालिम अमेरिका-इरान सम्झौता निकै नजिक गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एस धनगढी उपमहानगर कमिटी अध्यक्ष रेग्मीसहितका नेताकार्यकर्ता एमालेमा प्रवेश



अ+ अ-

धनगढी । नेकपा एकीकृत समाजवादीका धनगढी उपमहानगर कमिटी अध्यक्ष मदन रेग्मीसहितका नेताकार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।

नेकपा (एमाले)का सचिव तथा सुदूरपश्चिम प्रदेशका इन्चार्ज लेखराज भट्टको निवास अत्तरियामा आज बिहान आयोजना गरिएको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले टीका र खादा लगाएर पार्टीमा स्वागत गरे ।

एमाले प्रवेश गर्नेमा एकीकृत समाजवादीको जनवर्गीय संगठन युवा संघ नेपालका स्थायी कमिटी सदस्य राजेन्द्र बम, पार्टी जिल्ला सचिवालय सदस्य भक्तराज जोशी, अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य रमेश धामी, धनगढी उपमहानगर कमिटी सदस्य चक्र कुँवर, अखिल नेपाल महिला संघकी नगर कमिटी सचिव पवित्रा बोहरा लगायत छन् ।

यसैगरी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जिल्ला कमिटी सदस्य खुस्बु राना, नेपाली काँग्रेसका क्रियाशील सदस्य तथा गोदावरी नगर कमिटी सदस्य बाली साउद लगायतका कार्यकर्ता पनि एमालेमा प्रवेश गरेका छन् ।

यस्तै गुल्मीमा नेकपा एकीकृत समाजवादीका जिल्ला सचिवालय सदस्य गुन्ज नेपाली, प्रकाश खत्री नारायण पन्थी लगायत एमालेमा प्रवेश गरेका छन् । उनीहरुलाई नेकपा (एमाले) का सचिव तथा गुल्मी निर्वाचन क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार गोकर्ण विष्टले पार्टीमा स्वागत गरे ।