२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपः पाकिस्तानलाई फाइनल पुग्न न्युजिल्यान्डको १५३ रनको लक्ष्य



अ+ अ-

एजेन्सी । आइसीसी टी–२० पुरुष विश्वकपको फाइनल प्रवेशका लागि पाकिस्तान र न्युजिल्यान्डले प्रतिस्पर्धा गर्दैछन् ।

अष्ट्रेलियाको सिड्नी क्रिकेट ग्राउन्डमा जारी खेलमा न्युजिल्यान्डले पाकिस्तानलाई १५३ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ थालेको न्युजिल्यान्डले २० ओभरमा ४ विकेटको क्षतिमा १५२ रन जोड्यो ।

न्युजिल्यान्डका लागि डार्यल मिचेलले अविजित ५३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै, कप्तान केन विलियम्सनले ४२ बलमा ४६ रन जोड्दा डेभन कोनवेले २० बलमा २१ रन जोडे । यस्तै, जेम्स निसम १२ बलमा १६ रनसहित अविजित रहे ।

पाकिस्तानका शाहिन अफ्रिदीले दुई तथा मोहम्मद नवाजले एक विकेट लिए । यस खेलको विजेता टोली उपाधिका लागि फाइनलमा प्रवेश गर्नेछ ।