२४ जेष्ठ २०८३, आईतवार
,
Latest
मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानेले विश्वकप गुमाउने



अ+ अ-

एजेन्सी । सेनेगलका कप्तान तथा फरवार्ड साडियो मानेले नोभेम्बर २० बाट कतारमा सुरु हुने फिफा विश्वकप गुमाउने भएका छन् ।

मानेले खुट्टाको टेण्डन चोटको कारण विश्वकप गुमाउने भएका हुन् । जर्मन क्लब बायर्न म्युनिखका फरवार्ड मानेले बुन्डेसलिगा अन्तर्गत मंगलबार राति वेर्डर ब्रेमेनविरुद्धको खेलमा चोट बोकेका थिए ।

वेर्डरविरुद्धको खेलमा चोट बोकेपछि माने २० मिनेटमै मैदानबाट बाहिरिएका थिए । कतार विश्वकपमा समूह ‘ए’मा रहेको सेनेगलले नोभेम्बर २१ मा नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । आफ्नो टिमको मुख्य खेलाडीले नै विश्वकप गुमाउने भएपछि सेनेगललाई झट्का लागेको छ ।