२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगः आर्सनलले वल्भ्सलाई हरायो, ब्रेन्टफोर्डसँग सिटी र न्युक्यासलसँग चेल्सी स्तब्ध



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत ‘लिग लिडर’ आर्सनलले जित निकालेको छ । गएराति भएको खेलमा आर्सनलले वल्भ्सलाई उसकै मैदानमा २–० गोलले पराजित गरेको हो ।

आर्सनललाई जित दिलाउन दुबै गोल मार्टिन ओडेगार्डले गरे । खेलको ५४ औं मिनेटमा ओडेगार्डले पहिलो गोल गरे । यस्तै, ७५ औं मिनेटमा ओडेगार्डले व्यक्तिगत तथा टिमका लागि पनि दोस्रो गोल गरे ।

जितसँगै शीर्षस्थानको आर्सनलले दोस्रो स्थानको म्यान्चेस्टर सिटीसँग ५ अंकको दुरी बढाएको छ । आर्सनलको १४ खेलबाट ३७ अंक रहँदा सिटीको समान खेलबाट ३२ अंक छ । यता वल्भ्स १५ खेलबाट १० अंकसहित पुछारमा छ ।

ब्रेन्टफोर्डसँग सिटी स्तब्ध
यस्तै, शनिबार साँझ भएको खेलमा म्यान्चेस्टर सिटी ब्रेन्टफोर्डसँग घरेलु मैदानमै २–१ गोल अन्तरले स्तब्ध बनेको छ ।

ब्रेन्टफोर्डको जितमा इभान टोनी नायक बने । खेलको १६ औं मिनेटमा टोनीले गोल गर्दै ब्रेन्टफोर्डलाई सुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफमा इन्जुरी समयमा फिल फोडेनले गोल गर्दै सिटीलाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा इभानले व्यक्तिगत दोस्रो गोल गर्दै ब्रेन्टफोर्डलाई २–१ को जित दिलाए ।

जितसँगै ब्रेन्टफोर्ड १५ खेलमा १९ अंकसहित १० औं स्थानमा रहेको छ । पराजित सिटी १४ खेलमा ३२ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

न्युक्यासलले चेल्सीलाई हरायो
शनिबार राति भएको अर्को खेलमा न्युकासल युनाईटेडले चेल्सीलाई १–० गोल अन्तरले पराजित गर्यो ।

न्युकासललाई जित दिलाउन जोए विलकले निर्णायक गोल गरे ।
उनले खेलको ६७ औं मिनेटमा गोल गरेका थिए ।

जितसँगै १५ खेलमा ३० अंकसहित न्युकासल अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । यता, चेल्सी २१ अंकसहित आठौं स्थानमा रहेको छ ।

लिभरपुलद्वारा साउथह्याम्प्टन पराजित
शनिबार राति नै भएको अर्को खेलमा लिभरपुलले साउथह्याम्पटनलाई ३–१ गोलले पराजित गर्यो ।

खेलको छैटौं मिनेटमा रोबर्टो फिर्मिन्होले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । यता, खेलको नवौं मिनेटमा चे एडम्सले गोल गर्दै साउथह्याम्पटनलाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि लिभरपुलका डार्विन नुनेज खेलमा चम्किए । खेलको २१ औं मिनेटमा नुनेजले गोल गर्दै लिभरपुललाई २–१ ले अग्रता दिलाए ।

खेलको ४२ औं मिनेटमा नुनेजले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ३–१ को जित दिलाए ।

जितसँगै १४ खेलमा २२ अंकसहित लिभरपुल छैटौं स्थानमा रहेको छ । साउथह्याम्पटन १२ अंकसहित १९ औं स्थानमा रहेको छ ।