२५ जेष्ठ २०८३, सोमबार
,
Latest
महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

समानुपातिकमा एमालेको १० लाख कट्यो



file
अ+ अ-

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा तर्फको समानुपातिकतर्फ १० लाखभन्दा बढी मत पाएको छ ।

मतगणनाको पछिल्लो मतपरिणाम अनुसार एमालेले अहिलेसम्म १० लाख १७ हजार ६५६ मत प्राप्त गरेको निर्वाचन आयोगले बताएको छ ।

दोस्रो स्थानमा ९ लाख ७० हजार ८७७ मतसहित नेपाली कांग्रेस रहेको छ भने तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ । रास्वपाले ४ लाख ८४ हजार ८८६ मत पाएको छ ।

त्यस्तै, नेकपा माओवादी केन्द्र ४ लाख ४६ हजार ५९४ मतसहित चौथोमा रहेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ६० हजार १२० मत ल्याएको छ ।

त्यसैगरी, जनता समाजवादी पार्टीले १ लाख २९ हजार १५७ मत पाएको छ । जनमत पार्टीले ७७ हजार २५९ पायो भने नेकपा एकीकृत समाजवादी पार्टीले ७१ हजार ६६७ मत ल्याएको छ ।