२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्र अध्यक्ष प्रचण्ड र भारतीय राजदूतबीच भेटवार्ता



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । प्रचण्ड निवास खुमलटारमा शनिबार उहाँहरुबीच छलफल भएको हो ।

प्रतिनिधिसभा निर्वाचनमा आएको पछिल्लो मतपरिणापछि सम्भावित सरकार गठनबारे राजदूत श्रीवास्तवले अध्यक्ष प्रचण्डलाई निवासमै गएर भेट्नुभएको हो । उहाँहरुबीच समसामयिक विषयमा कुराकानी भएको बताइएको छ ।

यसअघि शुक्रबार राजदूत श्रीवास्तवले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी छलफल गर्नुभएको थियो ।