२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कतारमा ‘क्यामल फ्लु’को खतरा, फिफा विश्वकप स्थगित हुनसक्ने !



अ+ अ-

एजेन्सी । विश्व स्वास्थ्य संगठनसँग सम्बद्ध चिकित्सकहरूले फिफा विश्वकपको समयमा कतारमा पनि ‘क्यामल फ्लु’ फैलिन सक्ने चेतावनी दिएका छन् ।

यो रोग कोरोना भाइरस र मङ्कीपक्स जस्ता गम्भीर रोगहरु जस्तै खतरनाक छ । फिफा विश्वकपका कारण विश्वभरका फुटबलप्रेमीहरू यस देशमा आएका छन् र यी दर्शकहरूमा क्यामल फ्लु फैलने खतरा छ ।

न्यू माइक्रोब्स एण्ड न्यु इन्फेक्सन जर्नलमा प्रकाशित अध्ययनका अनुसार सन् २०२२ को फिफा विश्वकप हेर्न विश्वभरका फुटबल प्रशंसकहरू कतारमा आउने गरेको वैज्ञानिकहरूले पाएका छन् । तर यसले संक्रामक रोगको जोखिम बढाएको छ । दर्शक, स्थानीय र खेलाडीलाई समेत क्यामल फ्लू लाग्न सक्छ ।

क्यामल फ्लू बाहेक, धेरै रोगहरू दर्शकहरुबीच फैलिन सक्छ । अध्ययनका अनुसार कतारमा छालाजन्य लेश्म्यानियासिस, मलेरिया, डेंगु, रेबिज, दादुरा, हेपाटाइटिस ए र बी जस्ता किटजन्य रोगहरू फैलिने जोखिम रहेको छ । हालै, विश्व स्वास्थ्य संगठनले एक भाइरस पहिचान गरेको छ जसले आगामी दिनमा महामारी निम्त्याउन सक्छ ।

विश्वभरबाट करिब १२ लाख मानिस विश्वकप हेर्न कतार जानेछन् । फिफा विश्वकप कोरोना महामारीको प्रभाव कम भएपछि सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । यसले खाडी मुलुकको २८ लाख जनसङ्ख्यामा १२ लाख थपिँदैछ ।

कतारले आफ्नो स्वास्थ्य विभागलाई यस्तो अवस्थाका लागि तयार पारे पनि संक्रमण फैलिने विषयमा निरन्तर निगरानी र अध्ययन महत्वपूर्ण रहेको अध्ययनमा उल्लेख छ ।

कतार भ्रमण गर्ने विश्वकप फ्यानहरूलाई घातक संक्रमण फैलिने जोखिममा रहेका ऊँटहरूलाई नछुन सल्लाह दिइएको छ । युकेको वेबसाइट आइएलएफ साइन्सको एक लेख अनुसार, २०१२ मा पहिलो पटक एमइआरएस कतारसँग सीमा जोडिएको साउदी अरबमा पत्ता लागेको थियो र त्यसपछि २७ विभिन्न देशहरूमा यसले ९३५ जनाको ज्यान लिएको थियो ।

यसबाट संक्रमित हुनेको संख्या २६०० रहेको छ । एमइआरएस संक्रमणको अधिकांश अवस्थामा, संक्रमित व्यक्तिमा ज्वरो आउने, सास फेर्न गाह्रो हुने र खोकी जस्ता हल्का लक्षणहरू देखा पर्छन् ।