२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा सरकारमा जाँदैन, सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छ: प्रवक्ता शाही



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा जुम्लाबाट प्रतिनिधिसभामा निर्वाचित सासंद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) ले राप्रपा सरकारमा सहभागी नहुने बताउनुभएको छ ।

न्युजपोलारसँग कुरा गर्दै शाहीले भन्नुभयो, “सरकारमा जाने कुरा सोच्न पनि सकिँदैन, हामी शक्ति र सत्ताको पछाडि लाग्दैनौँ।”

सता गठबन्धनले सरकार गठनका लागि बहुमत पुर्याउनका लागि अन्य दलसँग छलफल चलाएको उल्लेख गर्दे शाहीले भन्नुभयो, “हामी उहाँहरुको कुनै लोभ लालचामा फस्दैनौ ँ।” राप्रपाले संसद्मा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “संसद्को धज्जी उडाउने, नीतिगत भ्रष्टाचार गर्ने र बेथितिविरुद्ध सशक्तरुपमा प्रस्तुत हुन्छौँ ।”

उहाँका अनुसार राप्रपालाई सरकारमा जाने नभई विपक्षमा बसेर खबरदारी गर्ने जनमत प्राप्त भएको छ ।

एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जुम्लाबाट ज्ञानेन्द्र शाही प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको हो । सत्ता गठबन्धनका नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गोमा गौतम ९कुँवर० लाई १० हजार आठ सय ६० मतान्तरले पराजित गर्दै शाही निर्वाचित हुुनुभएको हो ।

उहाँले २२ हजार आठ सय १९ मत ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी गौतमलाई ११ हजार नौ सय ५९ मत प्राप्त भएको थियो ।