२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप फुटबल: नेदरल्यान्ड्स क्वाटरफाइनलमा



अ+ अ-

काठमाडाैं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आजदेखि शुरु भएको अन्तिम १६ को खेलमा नेदरल्यान्ड्स क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

कतारको खालिफा अन्तर्राष्ट्रिय रङ्शालामा हिजो भएको नकआउट चरणको पहिलो खेलमा अमेरिकालाई ३(१ गोलअन्तरले पराजित गर्दै नेदरल्यान्ड्स क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

नेदरल्यान्ड्सको जितमा मेम्फिस डिपे, डेली ब्लाइन्ड र डेन्जेल डुमफ्रिएसले समान एकरएक गोल गरे । अमेरिकाका लागि हाजी राइटले एक गोल फर्काए ।

खेलको १०औँ मिनेटमा नेदरल्यान्डसका लागि डेन्जेल डम्फ्रिजको पासमा मेम्फिस डिपेले गोल गरे र खेलमा अग्रता दिलाए । पहिलो हाफको अत्तिरिक्त समयमा नेदरल्यान्ड्सका डम्फ्रिजको पासमा डेली ब्लाइन्डले गोल गरेपछि नेदरल्याण्ड्सले खेलमा २(० को अग्रता लियो ।

खेलको ७६औं मिनेटमा अमेरिकाका लागि हाजी राइट्सले गोल गर्दै खेलमा फर्कने प्रयास गरे पनि खेलको ८१औं मिनेटमा डेन्जेलले गोल गर्दै नेदरल्याण्ड्सको जीत सुनिश्चित गरे ।

जीतसँगै नेदरल्यान्ड्स कतार विश्वकपको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ । नेदरल्यान्ड्सले क्वाटरफाइनलमा अर्जेन्टिना र अष्ट्रेलियाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । अन्तिम १६ अन्तर्गत अर्जेन्टिना र अस्ट्रेलियाबीचको खेल आज राति १२ः४५ बजे हुनेछ ।