२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

महानगर बाहिरका क्षेत्रमा पनि मेलम्चीको पानी पुर्याउनु पर्छः प्रदीप पौडेल(भिडियोसहित)



file photo
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर ५ का सांसद प्रदीप पौडेलले काठमाडौं महानगरपालिका बाहिरका क्षेत्रमा पनि मेलम्चीको पानी उपलब्ध गराउन माग गर्नुभएको छ ।

मंगलवार प्रधानमन्त्री शेरबहादुर देउवालाई मेलम्ची खानेपानीबारे ध्यानाकर्षण पत्र बुझाउँदै उहाँले काठमाडौं महानगरपालिका बाहिरका क्षेत्रमा पनि मेलम्चीको पानी पु¥याउने गरी व्यवस्थापन गर्न आग्रह गर्नुभएको हो ।

उहाँले मेलम्ची खानेपानी आयोजनामा हालसम्म ६५ अर्ब भन्दा बढी राज्यको लगानी भइसकेको उल्लेख गर्दै काठमाडौंवासीलाई खानेपानी उपलब्ध गराउने प्रमुख श्रोतको व्यवस्थापनमा राज्यले विशेष जोड दिन आवश्यक भएको बताउनु भयो । नेता पौडेलले मेलम्चीको पानी व्यवस्थापनका लागि छुट्टै व्यवस्थापन निकाय आवश्यक रहेको बताउनु भयो । उहाँले मलेम्चीको पानी काठमाडौं आइसक्यो भनेर मात्रै छोड्नु नहुने भन्दै मेलम्ची विकास समितिलाई कायम गरेर वर्षातको समयमा मेलम्चीको पानी ल्याउने व्यवस्था गर्न प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीज्युको म ध्यानाकर्षण गराउन चाहन्छु, ६५ अर्ब भन्दा बढी राज्यको लगानी भइसकेको छ । काठमाडौंलाई खानेपानी उपलब्ध गराउने एउटा प्रमुख श्रोत हो । यत्रो लगानी भइसकेपछि त्यसलाई व्यवस्थित रुपमा सञ्चालन गर्न त्यसको सञ्चालनका निम्ति छुट्टै मेकानिजम हुन आवश्यक छ ।’

‘काठमाडौं आइसक्यो नियमित चल्छ भनेर त्यसलाई निगरानी नगर्ने स्थिति हुनु हुँदैछ । मेलम्ची विकास समितिलाई कायम गरिनुपर्छ । ७ महिना पानी फ्लो हुन्छ भन्नेछ । ५ महिना वर्षातको समयमा पानी बन्द हुन्छ, त्यसले यहाँको माग पूरा हुन सक्दैन । त्यसैले १२ महिना नै पानीको माग पूरा हुनेगरी उपयोग गर्नुपर्छ । महानगरपालिका भित्र मात्रै मेलम्ची खानेपानीको उपलब्धता छ अहिले महानगर बाहिर पनि यसको उपलब्धता हुनुपर्छ ।’

नेता पौडेलले १२ महिना नै मेलम्चीको पानी काठमाडौंमा प्रयोग गर्न सकिने गरेर काम हुनुपर्ने बताउनु भयो ।