३१ जेष्ठ २०८३, आईतवार
,
Latest
स्विट्जरल्यान्डमा जनसङ्ख्या १ करोडमा सीमित गर्ने प्रस्तावमाथि निर्णायक मतदान प्रहरी सङ्गठन जनताका पहिलो सरकार होः मुख्यमन्त्री कार्की हर्मुज र आणविक मुद्दामा अमेरिका–इरान सम्झौता नजिक विपी राजमार्ग पुनर्निर्माण तीव्र, असार १५ भित्र भकुण्डेवेशी–नेपालथोक खण्डमा माथिबाट सवारी सञ्चालन गर्ने तयारी ह्वाइट हाउसमा ट्रम्पको ८०औँ जन्मदिनमा यूएफसी ‘फ्रिडम २५०’ आयोजना, खेलकुद कार्यक्रमलाई लिएर विवाद चर्कियो परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणमा बेइजिङ पुगे, वाङ यीसँग वार्ता गर्ने कार्यक्रम टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाको विजयी सुरुवात लोक सेवा परीक्षामा मात्रै १०-२० वर्ष जीवन खेर फाल्नु उपयुक्त होइन : अध्यक्ष रेग्मी वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाकाली घटनाबारे नेपालले भारतलाई पठायो ‘कूटनीतिक नोट’



अ+ अ-

काठमाडौँ । सरकारले महाकालीको बहाव नेपालतर्फ धकेलेर भारतीय पक्षले पक्की संरचना बनाइरहेको विषयमा भारतलाई कूटनीतिक नोट पठाएको छ ।

भारतले पछिल्लो समय दार्चुला सदरमुकाम खलंगाबाट धारचुला जोड्ने पुलमुनि तटबन्धसहितको सडक निर्माण गरिरहेको छ । दार्चुलाको सदरमुकाम खलंगापारि भारतले महाकालीमा तटबन्ध बनाउँदा नेपाललाई असर पर्ने भन्दै स्थानीयले विरोध गरेका थिए ।

नेपाली पक्षको विरोधपछि आइतबार महाकाली वारिपारि नेपाली र भारतीयबीच ढुंगा हानाहान भएको थियो । ढुंगा लागेर स्कुलमा खेलिरहेका बालकसहित ४ जना घाइते भएका थिए । नेपालीमाथि ढुंगा प्रहार र नदी अतिक्रमणबारे जिल्ला प्रशासन कार्यालय दार्चुलाले गृह मन्त्रालयलाई आइतबारै मौखिक र सोमबार लिखित जानकारी गराएको थियो ।

लगत्तै गृह मन्त्रालयले दार्चुलामा त्यस्ता घटना दोहोरिन नदिन, भारतलाई एकतर्फी संरचना बनाउन नदिन र बनाउनै परे दुवै देशका प्राविधिक टोलीबाट अध्ययन गरेर एवं सहमति कायम गर्नका लागि गृहमन्त्रालयले रिपोर्ट परराष्ट्र मन्त्रालयलाई पठाइसकेको छ ।

गृहले कूटनीतिक रूपमा पहल गरी समस्याको दीर्घकालीन समाधान खोज्न भनेपछि मात्र परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित भारतीय राजदूतावासमार्फत आज कूटनीतिक नोट पठाइएको मन्त्रालयले जनाएको छ ।




भर्खरै