३१ जेष्ठ २०८३, आईतवार
,
Latest
औद्योगिक कर्जाको ७२ प्रतिशत बागमतीमा केन्द्रित, कर्णालीमा ०.२५ प्रतिशत मात्रै पाँच वर्षभित्र सम्पूर्ण भवनलाई विपद् उत्थानशील बनाउने महानगरको घोषणा असार १ गतेदेखि सम्पूर्ण चिया उद्योग बन्द गर्ने व्यवसायीको चेतावनी नेपालमा आँखा उपचार सेवाको पहुँच बढे पनि अन्धोपनको जोखिम कायमै सुशासन, डिजिटल सेवा र शहरी व्यवस्थापन काठमाडौं महानगरको प्राथमिकतामा नेपाली चिया निर्यात अवरुद्धः तत्काल समाधानका लागि कूटनीतिक पहल गर्न सांसद नेम्बाङको सरकारसँग आग्रह काठमाडौं महानगरले ल्यायो फोहर व्यवस्थापनलाई ७ क्लस्टरमा विभाजन गरी सर्कुलर इकोनोमी प्रवर्द्धन गर्ने योजना काठमाडौँ महानगरद्वारा बहाल र व्यवसाय करमा स्थान र प्रयोजनअनुसार नयाँ दर निर्धारण गर्ने तयारी ‘मानवीयताको शहर’ बनाउने काठमाडौं महानगरको सङ्कल्पः ज्येष्ठ नागरिकलाई घरदैलोमै चिकित्सकदेखि चराचुरुङ्गीलाई पानीपात्रसम्म निर्वाचन पराजयपछि एमालेद्वारा ‘मिसन पार्टी जागरण २०८३’ घोषणा, संगठन पुनर्संरचना र जनसम्बन्ध सुदृढीकरणमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्काको खेतमा मलजल गरेर आफ्नो भकारी भरिन्न: गोकुल बास्कोटा



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य गोकुल बास्कोटाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई कटाक्ष गर्दै अर्काको खेतमा मलजल गरेर आफ्नो भकारी नभरिने बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा उहाँले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बामपन्थी एकता भंग गरेर गठबन्धनमा गएका ती दुई पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा ल्याएको सिटलाई लिएर कटाक्ष गर्नुभएको हो ।

उहाँले नेपालमा बामपन्थी पार्टीहरुमा बाम एकताको स्वर हराउन थालेको भन्दै कही जनमत र केही हर्कतबाट नेपाली कांग्रेस ठूलो भइसकेको बताउनुभयो ।

अघिल्लो निर्वाचनमा बाम गठबन्धनले झण्डै दुई तिहाई सिट ल्याएको अवस्थामा अहिले माओवादी केन्द्र र एकीकृत समाजवादीले कांग्रेससँग गठबन्धन गर्दा ती दुई पार्टीको सिट संख्या घटेको मात्र नभई स्वयं नेकपा ९एमाले० को पनि सिट घटेको छ ।

नेता बास्कोटाले कांग्रेसलाई सहयोग गर्दा आफैँलाई घाटा भएको तर्फ संकेत गर्नुभएको हो । एकीकृत समाजवादी त थ्रेस होल्डसम्म कटाउन नसकेर राष्ट्रिय दलको मान्यता पाउनबाट विमुख भएको छ ।

उहाँले फेसबुकमा लेख्नुभएको छ, “कुनै समय फुटबलमा रोचक मानिएको स्पेनको टिकीटाका स्टायल हराए जस्तै नेपालका बामपन्थी पार्टीहरुमा बाम एकताका स्वर पनि हराउन थाल्या छन। कहीँ जनमत र केही हर्कतबाट कांग्रेस ठूलो भै सक्यो।अर्काको खेतमा मलजल र गोडमेल गर्ने अनि आफ्नो भकारी भरिएन भनेर गुनासो गर्ने गनगने प्रवृत्ति काम छैन।”




भर्खरै