२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्जेन्टिना भर्सेस नेदरल्याण्ड्सः प्लेयर टु वाच



अ+ अ-

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज हुने दोस्रो क्वाटरफाइनल खेलमा अर्जेन्टिना र नेदरल्याण्ड्सले प्रतिस्पर्धा गर्दैछन् । यी दुई टोलीबीचको खेल नेपाली समयानुसार मध्यरात ००ः४५ बजे सुरु हुनेछ ।

अर्जेन्टिना – लियोनल मेसी


अर्जेन्टिनाले नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैगर्दा सबैको नजर अर्जेन्टिनालाई क्वाटरफाइनलसम्म पुर्‍याउन मद्दत गर्ने लियोनल मेसीमा हुनेछ । आफ्नो अन्तिम विश्वकप खेलेका ३५ वर्षीय मेसीले जारी विश्वकपमा ४ खेलमा ३ गोल गरिसकेका छन् । उनले गोलमात्र गर्दैनन् आफ्ना टिमका खेलाडीलाई गोल गर्न मद्दत गर्छन् भने उनको खुट्टामा बल परेपछि उनलाई रोक्न बिरोधी टिमका खेलाडीले हरसम्भव प्रयास गर्दछन् ।

नेदरल्याण्ड्स – मेम्फिस डिपाए


नेदरल्याण्ड्सका फरवार्ड मेम्फिस डिपाए लयमा फर्किएका छन् । प्रि–क्वाटरफाइनल खेलमा अमेरिकाविरुद्ध गोल गर्दै लयमा फर्किएको संकेत गरेका डिपाएमाथि सबैको नजर पर्नेछ । २८ वर्षीय डिपाएले नेदरल्याण्ड्सका लागि ८५ खेलमा ४३ गोल गरेका छन् ।

यसैबीच नेदरल्याण्ड्सको टोलीमा कसैलाई पनि हराउन सक्ने क्षमता छ । नेदरल्याण्ड्सले सन् २०१४ को विश्वकपमा भोगेको अर्जेन्टिनासँगको हारको बदला लिन खोज्दैछ । सन् २०१४ मा अर्जेन्टिनाले सेमिफाइनलमा नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो ।

 




भर्खरै