६ असार २०८३, शनिबार
,
Latest
युद्धविरामको समयमा पनि हेजबुल्लाह विरुद्धको अपे्रसन जारी राख्ने आइडिएफको दावी ‘नेपाललाई ‘देवभूमि’का रूपमा विश्वसामु स्थापित गर्न सरकारले खेलेको भूमिका प्रशंसनीय छ’ हिलाम्मे खेतमा रोपिएका सुनौला सपनाहरू (फोटो फिचर) महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउँछः महामन्त्री बुर्लाकोटी अमेरिका र इरानबीच स्थायी सम्झौताका लागि ६० दिने समयसीमा शुरु एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे पाराग्वेको पहिलो जित, बाहिरियो टर्की रु २२ लाख नगदसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ सातै प्रदेशमा ‘ब्लु बस’ सञ्चालनको तयारी ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ६० हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पब्जी र फ्रिफायरले बच्चाहरुको स्वभावनै परिवर्तन भयो, अनलाईन गेम बन्द गरौं’



अ+ अ-

काठमाडौं । सांसद आशाकुमारी वि.क.ले कोरोना कहरका कारण बालबालिकार किशोरकिशोरीको शिक्षा इन्टरनेटमार्फत् भएको भएपनि पब्जी र फ्रिफायर जस्ता खेलको लतमा परेर बच्चाहरुको स्वभावनै परिवर्तन भएको बताउनुभयो । 

यसले अभिभावक समेत चिन्तामा रहेको उहाँले उल्लेख गर्नुभयो । उहाँले अनलाइनमार्फत् खेलिने खेलहरु बन्द गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो – ‘कोरोना कहरले थलिएको देशको बालबालिका र किशोर किशोरीमा शिक्षामा परेको असरले समाजमा डरलाग्दो समस्या सिर्जना भएको छ । 

इन्टरनेट प्रयोगकर्ता बढेको छ यो खुशीको कुरा हो । तर पब्जी, फ्रीफयर जस्तो खेलको लतमा फसेको उनीहरुमा देखिएको डराउने, झस्कने, जिद्धिपना जस्तो अनौठो बानीले बच्चाहरुको स्वभावले आमा बाबुमा परेको तनावको कारण निम्तिने रोगहरुको दृश्य सामान्य लाग्ला तर पछि गएर मानसिक रोगीको अस्पतालको अभाव हुने संकेत देखिएकोले तत्काल सरकारले यो अनलाइन खेलहरु बन्द गरियोस् । नत्र अभिभावक न्याय खोज्दै अदालतको ढोका पुग्ने दिन नआओस् ।’