६ असार २०८३, शनिबार
,
Latest
युद्धविरामको समयमा पनि हेजबुल्लाह विरुद्धको अपे्रसन जारी राख्ने आइडिएफको दावी ‘नेपाललाई ‘देवभूमि’का रूपमा विश्वसामु स्थापित गर्न सरकारले खेलेको भूमिका प्रशंसनीय छ’ हिलाम्मे खेतमा रोपिएका सुनौला सपनाहरू (फोटो फिचर) महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउँछः महामन्त्री बुर्लाकोटी अमेरिका र इरानबीच स्थायी सम्झौताका लागि ६० दिने समयसीमा शुरु एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे पाराग्वेको पहिलो जित, बाहिरियो टर्की रु २२ लाख नगदसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ सातै प्रदेशमा ‘ब्लु बस’ सञ्चालनको तयारी ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ६० हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाबुरामको ट्वीटप्रति शाहको आपत्ति



अ+ अ-

काठमाडौं । प्रतिनिधि सभा बैठकको शुन्य समयमा सांसदहरुले समसामयिक राजनीतिको सम्बन्धमा आफ्नो धारणा राखेका छन् । 

बैठकमा बोल्दै सांसद अभिषेक प्रताप शाहले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले केही दिन अघि ट्वीटरमार्फत् हिन्दु विरोधी अभिव्यक्ति दिएको भन्दै त्यसप्रति आपत्ति प्रकट गर्नुभयो । 

उहाँले आगामी दिनमा यस्तो टिप्पणी नआओस् भन्ने माग पनि गर्नुभयो । उहाँले भन्नुभयो – ‘हामी सबै धर्मलाई इज्जत गर्ने, र सबै धर्मलाई उत्तिकै सम्मान हुने हाम्रो धारणा हो । 

त्यही पनि वहाँजस्तो सिनीयर व्यक्तित्वले त्यस्तो अभिव्यक्ति दिईसकेपछि पुरै नेपालमा खास गरेर हिन्दू धर्मावलम्बीहरु एकदमै आक्रोशित छन् । यस्तो किसिमको टिकाटिप्पणी नआओस् । आइन्दा समयमा म जोडदार माग गर्न चाहान्छु ।’