२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचारको विरुद्धमा आवाज उठाउँछुः पशुपति समशेर जबरा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य पशुपति समशेर जबराले भ्रष्टाचारको विरुद्धमा आवाज उठाउने बताउनुभएको छ ।

आईतवार समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएको प्रमाणपत्र बुझेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रतिनिधि सभा सदस्य राणाले संसदमा भ्रष्टाचार र घुसखोरीका बिरुद्धमा आवाज उठाउने बताउनुभएको हो । उहाँले संसदमा आफूहरुको राष्ट्रवादी भुमिका हुने उल्लेख गर्नुभयो । उहाँले देशलाई अरुले धेरै तल झारेको भन्दै आफूहरुले संसदबाट नेपाल र नेपाली जनतालाई माथि पु¥याउने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘सबभन्दा पहिला राष्ट्रवादी अनि यो मुलुकको भ्रष्टाचारबारे, घुसखोरीबारे हामी एकदम आवाज उठाउँछौँ । यो मुलुकलाई धेरै तल झारेका छन् । त्यसैले हाम्रो चेष्टाबाट, हामी सरकारमा नभएपनि संसदमा हुन्छौँ । संसद बाट नेपाल र नेपाली जनतालाई माथि पु¥याउछौँ ।’

त्यस्तै नेकपा (एमाले) को तर्फबाट वागमती प्रदेश सभामा निर्वाचित प्रदेश सभा सदस्य डा. दिनेश देवकोटाले प्रदेशलाई सबलीकरण गर्नका लागि आफूले भुमिका खेल्ने बताउनु भयो । उहाँले भुँइका मानिसहरुलाई माथि उठाउने गरी काम गर्ने बताउनु भयो । सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै प्रदेश सभा सदस्य देवकोटाले सरकारले पछिल्लो पटक अध्यादेश ल्याएर लोकतन्त्रलाई उपहास गर्न खोजेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘सरकारले अध्यादेश ल्याउनु लोकतन्त्रको उपहास गर्न खोजेको हो । काम चलाउ सरकारले अध्यादेश ल्याउनु प्रजातन्त्र र लोकतन्त्रलाई नै खिल्ली उडाउने खालको काम हो । संघीयतालाई आक्रमण गर्नेगरी मान्छेहरु लागेका छन् । प्रदेशलाई सवलीकरण गर्नेगरी मेरो बुद्धि विवेक र अनुभव प्रयोग हुनेछ ।’

जनता समाजवादी पार्टीको तर्फबाट मधेस प्रदेशमा निर्वाचित प्रदेश सभा सदस्य मनिष सुमनले संघीयता र प्रादेशिक व्यवस्थालाई थप बलियो बनाउन लाग्ने बताउनु भयो । उहाँले कुनैपनि वर्ग, जाती, क्षेत्र र लिङ्गको आधारमा हुने विभेदको अन्त्य गराउन लागिपर्ने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘आगामी पाँच वर्ष भित्र संघीयतालाई, प्रादेशिक व्यवस्थालाई थप बलियो, थप सुसंगठित बनाउनको लागि जसपाको तर्फबाट म लगायत सबै सांसद साथीहरु अग्रसर रहनुहुनेछ । प्रदेशलाई थप बलियो बनाउने । हाम्रो मुख्य ध्येय । यो मुलुकमा कसैलाई वर्गको आधारमा, जातको आधारमा, क्षेत्र, लिङ्गको आधारमा विभेद नगरियोस् । विभेदमुक्त देश बनाउने । देशमा हुने सबै समस्या समाधानका लागि हामी लागि पर्नेछौँ ।’

उहाँले देशमा हुने सबै प्रकारको समस्या समाधानका लागि आफुहरु लागिपर्ने बताउनु भयो ।