२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्र बैंकको निर्देशन: संशोधित निर्यात अनुदान कार्यविधि कार्यान्वयन गर



अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सिमेन्ट, क्लिङ्करलगायत सामग्री निर्यात गर्दा अनुदान दिने प्रक्रियालाई अगाडि बनाउने निर्देशन दिएको छ ।

निर्यातमा अनुदानसम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, २०७९ अनुसार ती सामग्री निर्यात गर्न केन्द्रीय बैंकले त्यस्तो निर्देशन दिएको हो । उक्त कार्यविधि नेपाल सरकारले संशोधन गरेपछि केन्द्रीय बैंकले सिमेन्ट, डन्डीलगायत सामग्रीको निर्यातमा दिइने अनुदानका लागि सम्बन्धित निकायलाई परिपत्र गरेको छ ।

चालु आर्थिक वर्षको बजेटमा सरकारले थप छ वस्तुको निर्यातमा अनुदान दिने व्यवस्था गरेअनुसार निर्यातमा अनुदान प्रदान गर्ने सम्बन्धी कार्यविधिको दोस्रो संशोधन गर्दै आठ प्रतिशतसम्म अनुदान दिने व्यवस्थालाई मन्त्रिपरिषद्ले स्वीकृत गरेर राजपत्रमा समेत प्रकाशित भइसकेको छ ।

उक्त कार्यविधिमा निर्यात गर्ने उद्योगीले सोधभर्नाबाट निर्यात अनुदान रकम प्राप्त गर्ने व्यवस्था छ । यसअघि कागजात पुर्याएर निवेदन स्वीकृत भएको सात दिनभित्र रकम प्राप्त गर्ने व्यवस्था थियो । संशोधित कार्यविधिअनुसार अब अनुदान रकम पाउन १५ दिन लाग्ने भएको छ । अनुदान भुक्तानीको लागि नेपाल सरकारले राष्ट्र बैंकलाई रकम उपलब्ध गराउनेछ ।




भर्खरै