काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्री बनाउन नसक्ने मानिस होइन भनी कटाक्ष गरेका छन् ।
नेता रिजालले देउवालाई व्यंग्य गर्दै सबैभन्दा धेरै (४८) मन्त्री बनाएर इतिहास रचेको बताएका हुन् ।
उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, शेरबहादुर देउवा मन्त्री बनाउन नसक्ने मानिस होइन।पहिलो पटक नै इतिहासमै सबभन्दा धेरै (४८) मन्त्री बनाएर देखाइदिनुभएकै हो । यसपटक अदालतले 'फलाना-फलानालाई मन्त्री बनाउन पाइँदैन' भनेकै थियो, उहाँलाई प्रम नियुक्त गर्दा 'फलाना'फलानालाई मन्त्रीहरु बनाऊ' भनिदिएको भए यति सकस पर्ने थिएन कि !
शेरबहादुर देउवा मन्त्री बनाउन नसक्ने मानिस होइन।पहिलो पटक नै इतिहासमै सबभन्दा धेरै (४८) मन्त्री बनाएर देखाइदिनुभएकै हो । यसपटक अदालतले 'फलाना-फलानालाई मन्त्री बनाउन पाइँदैन' भनेकै थियो, उहाँलाई प्रम नियुक्त गर्दा 'फलाना-फलानालाई मन्त्रीहरु बनाऊ' भनिदिएको भए यति सकस पर्ने थिएन कि!
— Bishnu Rijal (@bishnurijal1) July 25, 2021












