६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली राजनीतिको शंकट कम्युष्निष्टहरुको शंकट होः धर्मेन्द्र बास्तोला



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले नेपालको राजनीतिमा देखिएको शंकट कम्युनिष्ट आन्दोलनको शंकट भएको बताउनुभएको छ । 

४३ औँ पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा आयोजित नेपाली कम्युनिष्ट आन्दोदनको वर्तमान शंकट र आगामीबाटो विषयक प्रवचन कार्यक्रममा नेता बास्तोलाले कम्युनिष्ट आन्दोलनमा देखा परेको शंकटका कारणले नै नेपाली राजनीतिमा शंकट देखा परेको बताउनुभएको हो ।

नेता बास्तोलाले नेपालको राजनीतिमा देखापरिरहेको शंकट कम्युनिष्टहरुको शंकट भएको समेत बताउनुभयो । साथै नेता बास्तोलाले सामन्तवर्गको हातमा रहेको सरकार अहिले दलाल र पूँजिपतिहरुको हातमा रहेको समेत बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपालको राजनीतिमा देखापरिहेको शंकट बास्तवमा कम्युनिष्टहरुको शंकट हो, कम्युनिष्ट आन्दोलनमा देखा परेको शंकटको कारणले नेपाली राजनीतिमा शंकट देखापरेको छ ।

नेपाली जनताको हातमा शासन व्यवस्था गएन, राज्यप्रणाली गएन, नेपालको शासन दलाल पूँजिपतिहरुको हातमा गयो, हिजो सामन्तवर्गको हातमा थियो आज दलाल पूँजिपति वर्गको हातमा छ । ”

नेता बास्तोलाले नेपालमा आधारभूत परिवर्तन नभएको समेत बताउनुभएको छ ।