काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले अब अपमान सहेर नबस्ने बताएका छन् । तर, परिस्थिति के हुन्छ भनेर आफूले हेरिरहेको उनको भनाइ छ। 'आफूले बनाएको घर त्यसै छाडेर जाने चाहना कसैको हुँदैन्,' नेपालले भने, 'तर, अपमान सहेर, गलत कुरा सहेर बस्न सकिँदैन।'
पुष्पलालको ४३औं स्मृति दिवसको अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठान चम्पादेवीमा आयोजित कार्यक्रममा बोल्दै एमाले वरिष्ठ नेता नेपालले पार्टीभित्रका घाउ/खटिराले दुख्ख दिइरहेको पनि बताएका छन्। आफूलाई जनै खटिराले दुस्ख दिएको स्मरण गर्दै उनले पार्टीभित्र पनि विभिन्न घाउ/खटिरा आएको बताए।
कार्यक्रममा बोल्दै उनले कम्युनिस्ट पार्टीको नाम र झन्डा दुरुपयोग हुन दिनु नहुने र कम्युनिष्ट पार्टी बिग्रिन नदिन नेता अहंकारी र स्वेच्छाचारी भए कि भनेर जाँच्नुपर्ने पनि बताए । नेता नेपाल माल्यार्पणका लागि बिहान ७ बजे नै प्रतिष्ठान परिसर चम्पादेवी पुगेका थिए। माधव नेपालसहितका प्रतिष्ठान पदाधिकारी भने ८ बजेमात्र पुगे।












