काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सांसद अमरेशकुमार सिंहले आफू सांसद पदबाट राजीनामा दिने निर्णयमा पुगेको बताएका छन् ।
कांग्रेसको केन्द्रीय सदस्यसमेत रहेका सिंहले क्रियाशील सदस्यता वितरणमा व्यापक रूपमा धाँधली भएको र वर्षौंदेखि कांग्रेसमा काम गर्दै आएका इमान्दार कार्यकर्ताहरू मर्कामा परेकोले सांसद पदमा बसिरहन उचित नहुने भन्दै यस्तो निर्णय गरेको बताएका छन् ।
बुधबार नै साँझ ६ बजे बालुवाटार गएर सभापति शेर बहादुर देउवालाई राजीनामा पत्र बुझाउने उनको तयारी छ ।
सिंह सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट गत निर्वाचनमा बिजयी भएका थिए।
क्रियाशील सदस्यता वितरणको नाममा पार्टीमा काम नगरेका ठेकेदारलगायतलाई क्रियाशील सदस्यता दिइएको आरोप उनले लगाएका छन् ।












