काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभाका सांसदहरुलाई बालकोटस्थित आफ्नै निवासमा भेटघाट गर्नुभएको छ ।
उहाँले सर्वोच्च अदालतको फैसला र एमाले वरिष्ठ नेता माधवकुमार नेपालले चालेका कदमबारे छलफल गर्न सांसदलाई बुधबार आफ्नो निवास बोलाउनुभएको हो ।
उहाँले छलफलमा आफ्नो सरकारले राम्रो काम गरेकाले सांसदहरुले आफ्नो क्षेत्रमा जाँदा र राष्ट्रिय सभामा सरकारको आलोचनाकोविरुद्ध प्रस्तुत हुन सांसदलाई आग्रह गर्नुभयो ।















