६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालकोटमा राष्ट्रिय सभाका सांसद र ओलीबीच भेटघाट



अ+ अ-

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले  राष्ट्रिय सभाका सांसदहरुलाई बालकोटस्थित आफ्नै निवासमा भेटघाट गर्नुभएको छ । 

उहाँले सर्वोच्च अदालतको फैसला र एमाले वरिष्ठ नेता माधवकुमार नेपालले चालेका कदमबारे छलफल गर्न सांसदलाई बुधबार आफ्नो निवास बोलाउनुभएको हो । 

उहाँले छलफलमा आफ्नो सरकारले राम्रो काम गरेकाले सांसदहरुले आफ्नो क्षेत्रमा जाँदा र राष्ट्रिय सभामा सरकारको आलोचनाकोविरुद्ध प्रस्तुत हुन सांसदलाई आग्रह गर्नुभयो ।