२५ जेष्ठ २०८३, सोमबार
,
Latest
संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ब्यारेकजस्तै बाँकेका सुरेन्द्र सिंहको घर दाउन्नेमा बस दुर्घटना, सात जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसमा सदस्यता विवाद मिलाउन १० नेताको आग्रह



अ+ अ-

काठमाडौँ । कांग्रेसका दस नेताले पार्टीको क्रियाशील सदस्यताको विवादलाई लिएर केन्द्रीय कार्यालय सानेपामा जारी धर्ना र अनशन अन्त्य गराउन पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । उनीहरूले पार्टीभित्र न्यायका लागि धर्ना दिनुपर्ने र अनशन बस्नुपर्ने अवस्था दुर्भाग्य भएको उल्लेख गर्दै नेतृत्वले यसको समाधान तत्काल खोज्नुपर्ने बताएका छन् ।

प्रदेश २ अन्तर्गत बारा, धनुषा र सर्लाहीका कांग्रेस कार्यकर्ताले पार्टीको संस्थापन पक्षबाट क्रियाशील सदस्यता वितरण गर्दा अनियमितता भएको भन्दै धर्ना र अनशन जारी राखेका छन् । संस्थापनइतर पक्षमा रहेका नेताहरू चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गगन थापा, बद्री पाण्डे, गुरुराज घिमिरे, सरिता प्रसाईं, रामकृष्ण यादव र किरण यादवले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै सदस्यता विवाद तत्काल समाधान गरी महाधिवेशन सुनिश्चितता गर्न आग्रह गरेका छन् ।

‘प्रारम्भिक मतदाता रहेका क्रियाशील सदस्यताहरूको विवादले निर्धारित समयमा महाधिवेशन हुने कुरामा संशय बढाएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हामीसँग उपलब्ध समयसमेत साँघुरिँदै गएको छ । यस्तो बेलामा क्रियाशील सदस्यको विवादलाई कायम राख्नु र बढाउनु युक्तिसंगत हुन्न ।’

पार्टी विधानले निर्दिष्ट गरेको प्रक्रिया, मापदण्ड र केन्द्रीय कार्यसमितिको निर्णयविपरीतका क्रियाशील सदस्यतालाई मान्यता दिन नहुने उनीहरूको जोड छ । अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेका नेता तथा कार्यकर्ताको समायोजनका नाममा क्रियाशील सदस्यता वितरणमा अनियमितता गरिएको अनशनरत कार्यकर्ताको भनाइ छ । ‘प्रजातन्त्रको स्थापना र पुनःस्थापनामा लागेर सर्वस्व गुमाएका कांग्रेसका लाखौं कार्यकर्ता पार्टीको क्रियाशील सदस्यतालाई आफ्नो ठूलो राजनीतिक पुँजी ठान्छन्,’ दस नेताको विज्ञप्तिमा उल्लेख छ, ‘कार्यकर्ताको यस्तो भावना र संवेदनालाई नेतृत्वले बुझ्न र कदर गर्न सक्नुपर्छ ।’

विधि र प्रक्रिया नाघेर जथाभावी सदस्यता वितरण गरिँदा पार्टी बलियो नबन्ने उनीहरूको ठहर छ । कांग्रेस नेता शेखर कोइरालाले सदस्यता वितरणमा अनियमितता भएको उल्लेख गर्दै स्थानीय कार्यकर्ताले सुरु गरेको अनशन र धर्नामा ऐक्यबद्धता जनाएका छन् । उनले पार्टी कब्जा गर्ने नियतबाट सदस्यता वितरण गरिएको बताए ।

‘यस्तो अनियमिततालाई कुनै पनि हालतमा स्वीकार गर्न सकिँदैन,’ उनले भने, ‘क्रियाशील सदस्यतामा भएको धाँधलीविरुद्धको यस प्रकारको लडाइँमा म पनि सँगै रहनेछु ।’ उनले अनियमिततालाई जसरी पनि रोकेरै छाड्ने बताए । कान्तिपुर दैनिक