६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेमा प्रभु साहको नेतृत्वमा ‘आइटी आर्मी’ गठन



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेमा अर्को साइबर सेना गठन गरिएको छ । नेता प्रभु साहको नेतृत्वमा 'आईटी आर्मी'को घोषणा भएको हो।

सरकारले आइटीमार्फत जनतामा भ्रम फैलाउनसक्ने भएकाले त्यसलाई तोड्न आईटी आर्मी निर्माण गरिएको यसको अन्तरिम घोषणा पत्रमा जनाइएको छ ।

आईटी आर्मीको केन्द्रीय कमिटी १ सय ५१ सदस्यीय रहेका छन् ।आइटी आर्मीका प्रदेश कमिटीहरू १०१ सदस्यीय हुनेछन् भने जिल्ला कमिटी ५१ सदस्यीय तथा पालिका कमिटी ३३ सदस्यीय रहनेछन् ।