६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपाको उपेन्द्र यादव पक्षको संसदीय दलको बैठक बस्दै



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (उपेन्द्र यादव पक्ष) को संसदीय दलको बैठक मंगलबार बोलाइएको छ । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्न लागेको हो । आजको बैठकमा दलको विधान, संसदीय दलको नेता चयन, सरकार गठन लगायतको विषयमा छलफल हुने बताइएको छ ।

मन्त्री चयन गर्ने प्रकृया सुरु भएपछि त्यसअघि संसदीय दलको विधान तयार गरी नेता चयन गर्ने कार्य सुरु गरेको हो ।

आजको बैठकमा दलको विधानको बारेमा छलफल गरेर त्यसलाई पारित गरेपछि मात्र संसदीय दलको नेता चयनको प्रकृया जाने बताईएको छ ।