काठमाडौ । नेकपा एमालेका नेता तथा माधव नेपाल समूहका प्रभावशाली सदस्य रघुजी पन्तले अध्यक्ष केपी ओलीले मनदेखि नै एकता नचाहेको जनाउनु भएको छ । सामाजिक संञ्जाल फेसबुकमा एक सन्देश राख्दै पन्तले मनदेखि नै एकता चाहेको हो भने त्यही अनुसार ब्यवहार गर्न आग्रह गर्नुभएको छ । उहाँले सबैलाई संयममित र जिम्मेबार बन्न आग्रह समेत गर्नुभएको छ ।
पन्तले लेख्नुभएको छ चौबीस घण्टे स्पष्टिकरण सोधेर, देशका विभिन्न भागमा माधव नेपाल विरूध्द नारा लाएर , उनको पुतला जलाएर पार्टी जुटाउन खोजेको कि फुटाउन ? सामाजिक संञ्जालमा पन्तले लेख्नु भएको छ – चौबीस घण्टे स्पष्टिकरण सोधेर, देशका विभिन्न भागमा माधव नेपाल विरूध्द नारा लाएर, उनको पुतला जलाएर पार्टी जुटाउन खोजेको कि फुटाउन ? पार्टी अध्यक्ष आफैले जथाभावी भन्ने ,गाली गर्ने अनि वार्ता गर्न मान्छे पनि खटाउने दोहोरो चरित्र र ब्यवहार किन र केका लागि ?
मनदेखि नै एकता चाहेको हो भने त्यही अनुसार व्यवहार गरौं । सबै संयमित र जिम्मेवार बनौं । सर्वोच्च अदालतको फैसला विरूध्द नारा जुलुश गर्ने र प्रधान न्यायाधीश विरूध्द नारा लगाउंदै उनको पुत्ला जलाउने काम गर्न दुईपटक प्रधानमन्त्री भएका केपी ओली , न्याय, कानून र संसदीय व्यवस्था मन्त्री भैसकेका र कानून व्यसायी समेत रहिसकेका सुवास नेम्बाङ रअग्नि खरेलले कसरी आफ्ना कार्यकर्तालाई अनुमति दिनसकेका ? आफ्ना युवा कार्यकर्तालाई राम्रो संस्कार र संस्क्रिति सिकाउनु पो राम्रो होला ।
अहिले सडकमा जेजस्ता रमिता देखाएर पुतला जलाउने र नारा लगाउने काम भैरहेको छ त्यसले नेकपा (एमाले) को मान, नेतृत्वको योग्यता , क्षमता र परिपक्वतामाथि नै गम्भीर प्रश्नचिन्ह खडा गरेको छ । लामो समयसम्म हामीले यी गतिविधिका कारण जनसमक्ष रातो मुख लगाउनु पर्नेछ । यी गतिविधिप्रति म अहिले नै आत्मआलोचित हुन चाहन्छु । हामी तपाईंहरूले अपेक्षा गरेजस्तो हुन सकेनौं, माफ गर्नुहोला जनता जनार्दन












