काठमाडौं । आज नेकपा एमालेको माधव नेपाल समूहको भेला बस्ने भएको छ। आज दिउँसो बस्न लागेको भेलामा पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल हुने बताइएको छ। आजको भेलामा प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिएका आफ्ना पक्षका सांसदहरुसंग छलफल गर्न लागेको हो ।
आज बिहान मात्रै नेकपा (एमाले)का नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबिच भेटवार्ता भएको थियो।
यता प्रधानमन्त्री देउवाले विश्वासको मत पाएसँगै सरकारमा विभिन्न दलको सहभागिता, मन्त्रालय बाँडफाँडलगायत विषय चर्चामा छ ।












