काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग भेटवार्ता गरेका छन् ।
सरकारसँगको तीनबूँदे सहमति कार्यन्वयन र पछिल्लो विकसित राजनीतिक जटिल घटनाक्रमको बारेमा ओली निवास बालकोटमा आज विहान विप्लव पुगेर छलफल गरेका हुन् । भेटमा नेकपाका महासचिव चन्द, पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा र धर्मेन्द्र बास्तोला लगायतका नेताहरु पनि सहभागी थिए ।
एक साताको बीचमा महासचिव चन्दले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष डा. बाबुराम भट्टराईलगायतका नेताहरुसँग भेटिसकेका छन् ।












