काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले अमेरिकाबाट अनुदान प्राप्त खोप अभियानको शुरुवात गर्नुभएको छ । उहाँले आज (सोमवार) जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा बिहान १० बजे स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेर शुभारम्भ गर्नुभएको हो ।
अमेरिकाले नेपाललाई उपहार स्वरुप उपलब्ध गराएको जोन्सन एण्ड जोन्सनको १५ लाख ३४ हजार ८ सय ५० डोज खोप आजबाट काठमाडौंमा ४४ वटा खोपकेन्द्रबाट ६ गतेसम्म लगाईंदैछ । कोभ्याक्स मार्फत् उपलब्ध गराएको यो खोपको एउटा डोज मात्रै लगाए पुग्छ ।
५० देखि ५४ वर्ष उमेर समूहलाई लगाइने यो खोप सो उमेर समूह बाहेक शारीरिक अशक्तताको क र ख वर्गको परिचय पत्र पाएका, सरसफाइकर्मी, खोप नपाएका स्वास्थ्यकर्मी र नेपालमा बसिरहेका शरणार्थीलाई लगाइनेछ । कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी पनि सहभागि हुनुहुन्थ्यो ।












