काठमाडौं । अमेरिकाबाट प्राप्त जोन्सन एन्ड जोन्सनको खोप आजदेखी देशका ७७ वटै जिल्लाहरुमा दिँइदै छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले उपत्यकाका केही अस्पतालहरुमै पुगेर सो खोपबारे निरीक्षण एवम् अनुगमन थालनी गर्नुभएको छ । उहाँले आज उपत्यकाका नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, महाराजञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका स्वास्थ्य संस्थाहरुमा पुगेर स्थलगत निरीक्षण एवम् अनुगमन गर्न लाग्नुभएको हो ।

साथै प्रधानमन्त्री देउवाले खोप सहज रुपमा लगाउने प्रवन्ध गर्न पनि निर्देशन गर्नुभएको छ ।


(फोटोफिचर)












