६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले केन्द्रीय कमिटी बैठक सुरु, नेपाल समूह अनुपस्थित



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक सुरु भएको छ। बैठक च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बैठक बसिरहेको छ । तर आजको बैठकमा भने वरिष्ठ नेता माधवकुमार नेपाल समूह उपस्थित छैनन् । नेपाल पक्षले एकलौटी रूपमा बैठक बोलाएको भन्दै असन्तुष्टी जनाएका छन् । 

आन्तरिक विवाद चुलिएको र विवाद समाधान कार्यदलले तयार पारेको सहमतिको प्रस्ताव नै सर्वस्वीकार्य नभएका बेला अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाएका हुन्।  

एमालेको संसदीय दलमा सांसदहरू प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने विषयमा पनि विभाजित भएका थिए। एमालेका १२१ सांसदमध्ये केहीले पक्षमा मत दिएका थिए, केहीले विपक्षमा मत हालेका थिए भने केही मतदान प्रक्रियामा नै सहभागी भएका थिएनन्।

आइतबार प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने बेला गोकर्ण बिष्टसहित नेपालनिकट १० सांसद संसद भवनबाट बाहिरिएका थिए।