६ असार २०८३, शनिबार
,
Latest
हैटीलाई ३–० ले पराजित गर्दै ब्राजिलद्वारा पहिलो जित दर्ता यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आज कृषि तथा वनविज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने हाइटीविरुद्ध पहिलो हाफमै ब्राजिलको ३-०को अग्रता बजेटका बारेमा जलेश्वर नगरपालिकामा तनाव,जनप्रतिधिहरु नै उत्रिए तोडफोडमा रातो मच्छिन्द्रनाथको भोटो जात्रा आज
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवालाई गगन थापाले भने- ‘बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्नुस्’



file photo
अ+ अ-

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न नेपाली कांग्रेसका नेता गगन थापाले आग्रह गरेका छन्।

प्रधानमन्त्री नियुक्त भएपछि सरकारी निवास बालुवाटार सरेकै दिन देउवाले पार्टी पदाधिकारी बैठक राखेका थिए।

प्रधानमन्त्री देउवाले शुक्रबार र शनिबार बालुवाटारमा पदाधिकारी बैठक राखेपछि पार्टीभित्रैबाट पनि आलोचना भएको थियो।

गगन थापाको भनाई:- 

''प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेका छौं।उहाँले'पार्टी कार्यालयमा धर्ना भएको कारणले यो पटक बालुवाटारमा भएको हाे,तर जे भए पनि अब देखि त्यस्तो हुने छैन र गरिन्न'भन्ने विश्वास दिलाउनु भएको छ।

प्रधानमन्त्रीज्यु यो विश्वासलाई कायम राखिदिनु होला।''