६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवाले खोप केन्द्रहरुको निरीक्षण गर्दै



अ+ अ-

काठमाडौं । आज प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस विरुद्धको खोप केन्द्रहरुको निरीक्षण गर्ने भएका छन् । आजदेखि काठमाडौं उपत्यकाभित्रका नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, त्रिभुवन विश्‍वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, महाबौद्ध तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, लगनखेल लगायतका केन्द्रहरुमा जोन्सन एण्ड जोन्सननको खोप अभियान सुरु हुँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रधानमन्त्री देउवाले ति स्थलगत भ्रमण गर्न लागेका हुन् । 

गत आइतबार प्रधानमन्त्री देउवाले स्वास्थ्य मन्त्रालय, मन्त्रालयका सचिव तथा स्वास्थ्य विभागलाई खोप खरीदको प्रक्रियालाई चुस्त पार्न सिंहदरबार बोलाएर निर्देशनसमेत दिएका थिए ।

प्रधानमन्त्री देउवाले आइतबार साँझ विश्वासको मत माग्दासमेत आफ्नो प्राथमिकता ‘खोप, खोप र खोप’ नै भएको बताएका थिए ।