६ असार २०८३, शनिबार
,
Latest
हैटीलाई ३–० ले पराजित गर्दै ब्राजिलद्वारा पहिलो जित दर्ता यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आज कृषि तथा वनविज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने हाइटीविरुद्ध पहिलो हाफमै ब्राजिलको ३-०को अग्रता बजेटका बारेमा जलेश्वर नगरपालिकामा तनाव,जनप्रतिधिहरु नै उत्रिए तोडफोडमा रातो मच्छिन्द्रनाथको भोटो जात्रा आज
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रले देउवा सरकारलाई विश्वासको मत दिने



अ+ अ-

काठमाडौं । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । 

आईतबार सिंहदरबारस्थित दलको कार्यालयमा बसेको नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो । आज अपरान्ह् ४ बजे आह्वान गरिएको संसद अधिवेशनमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने कार्यक्रम तय गरिएको छ । त्यसैमा केन्द्रित भएर दलको बैठक बसेको र प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरिएको पार्टीका नेता मातृकाप्रसाद यादवले जानकारी दिनुभयो । उहाँले प्रधानमन्त्री देउवाले विश्वासको मत लिनेमा ढुक्क हुन पनि सञ्चारकर्मीहरुलाई आग्रह गर्नुभयो । “हाम्रो पार्टीले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । उहाँले विश्वासको मत पाउनेमा ढुक्क हुन म सञ्चारकर्मीहरुलाई आग्रह गर्दछुु ।”

नेकपा माओवादी केन्द्रले नेकपा एमालेका माधव नेपाल पक्षले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने विश्वास व्यक्त गर्दै उनीहरुलाई पनि सरकारमा सहभागी गराउने विषयमा पनि छलफल गरिएको जनाएको छ । नेता यादवले भन्नुभयो,“माधव जीहरुलाई पनि सरकारमा आउने हो भने विशेष माया गर्नुपर्ने हुन्छ ।”

प्रधानमन्त्री देउवाले आजै आह्वान गरिएको संसद अधिवेशनमा विश्वासको मत लिने कार्यक्रम छ । माओवादी केन्द्रसँग ५३ जना सांसद रहेकोमा सभामुख अग्नीप्रसाद सापकोटाले मत दिन पाउदैनन् भने लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरीले दल परिवर्तन गरेको भन्दै माओबादी केन्द्रले हटाइसकेको छ । अहिले माओबादी केन्द्रका ४८ जना सांसद रहेका छन ।