६ असार २०८३, शनिबार
,
Latest
हैटीलाई ३–० ले पराजित गर्दै ब्राजिलद्वारा पहिलो जित दर्ता यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आज कृषि तथा वनविज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने हाइटीविरुद्ध पहिलो हाफमै ब्राजिलको ३-०को अग्रता बजेटका बारेमा जलेश्वर नगरपालिकामा तनाव,जनप्रतिधिहरु नै उत्रिए तोडफोडमा रातो मच्छिन्द्रनाथको भोटो जात्रा आज
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्पादित जल उर्जालाई सम्पूर्ण क्षेत्रमा प्रयोग गरी पेट्रोलियम पदार्थको आयात र प्रयोगलाई न्यूनिकरण गर्नुपर्छः उर्जामन्त्री



अ+ अ-

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रि पम्फा भुसालले आफ्नोे देशबाट उत्पादित जल उर्जालाई सम्पूर्ण क्षेत्रमा प्रयोग गरेर पेट्रोलियम पदार्थको आयात र प्रयोगलाई न्यूनिकरण गर्नुपर्ने बताउनुभएकोे  छ  । 

विद्युत विकास विभागको २८ औँ वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री भुसालले पेट्रोलियम पदार्थको पहिलो बिकल्पको रुपमा जल उर्जा भएको बताउनुभयो ।  यस्तै निजी  क्षेत्रले  बनाउने जलविद्युत लगायतको संरनाबाट सरकार र स्थानीय जनताले निरन्तर रुपमा लाभ लिनसक्ने खालको बनाउन  पनि आवश्यक  रहेको बताउनुभयो  । 

उहाँले भन्नुभयो, सिङ्गो देशको विद्युतीकरण गर्ने कुरा लाइटको रुपमा मात्रै नभएर आफ्नै देशको श्रोतबाट उत्पादन भएको उर्जालाई सम्पूर्ण उर्जाको क्षेत्रमा प्रयोग गर्ने र डलर तिरेर आएको पेट्रोलियम पदार्थलाई न्यूनिकरण गर्न सक्नुपर्छ । यस्तै नीजि क्षेत्रले एउटा निश्चित समयसम्म चलाउने शर्तमा निर्माण गरेपछि त्यतिको लागि मात्र भौतिक संरचना बन्नुनहुने बताउनु भयो । त्यस्ता संरचनाबाट सरकार र स्थानीय जनताले दीर्घकाल सम्म लाभ लिन सक्ने संरचना बनाउल जोड दिनुपर्ने मन्त्री भुसालले बताउनुभयो ।

यो क्षेत्र अरु क्षेत्रको लगानी भन्दा सुरक्षित क्षेत्रको लगानी भएको बताउँदै मन्त्री भुसालले छिटो र स्थायित्वका लागि विशेष ध्यान दिन समेत अनुरोध गर्नुभएको छ । कार्यक्रममा बोल्दै स्वतन्त्र उर्जा उत्पादक संघ इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले राज्यले गर्ने व्यवहारमा परिवर्तन आउन जरुरी आएको  बताउनुभयो । साना उद्यमीहरुलाई कसरी सहयोग गर्ने भन्दा पनि कहाँ के अफ्ठेराहरु छन् भन्ने कुरा खोज्न नहुने आचार्यको भनाइ थियो । लोडसेडिङ चीनको लागि मात्रै हटेको हो, आचार्यले भन्नुभयो, कृषिमा हुने विद्युत खपत, घरेलु गार्हस्थ्य उपभोगमा हुने खपत अझै पनि दयनीय अवस्थामा छ । अध्यक्ष आचार्यले नेपाल अहिले ५ प्रतिशतको हाराहारीमा मात्रै विद्युतीय उर्जामा रहेको बताउनुभयो ।

त्यस्तै उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयका सचिव देवेन्द्र कार्कीले उर्जा मन्त्रालयबाट उर्जा सम्बन्धी कामहरुमा त्यति ढिलाइ नभएको बताए । निजी क्षेत्रलाई कसरी प्रवद्र्धन र विकास गर्न सकिन्छ भन्ने लक्ष्य राखेको उपाध्यायको भनाइ थियो । 

विद्युत विकास विभागले लाइसेन्स बाँड्ने काम गरेको बताए पनि त्यसो नभएको उपाध्यायको भनाइ छ ।