६ असार २०८३, शनिबार
,
Latest
हैटीलाई ३–० ले पराजित गर्दै ब्राजिलद्वारा पहिलो जित दर्ता यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आज कृषि तथा वनविज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने हाइटीविरुद्ध पहिलो हाफमै ब्राजिलको ३-०को अग्रता बजेटका बारेमा जलेश्वर नगरपालिकामा तनाव,जनप्रतिधिहरु नै उत्रिए तोडफोडमा रातो मच्छिन्द्रनाथको भोटो जात्रा आज
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपक्षी गठबन्धनले माग्यो मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा



अ+ अ-

बुटवल । लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गरेको छ । 

विपक्षी गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी (उपेन्द्र यादवपक्ष) र राष्ट्रिय जनमोर्चाले पत्रकार सम्मेलन गरी नेकपा एमाले दलका नेता शंकर पोखरेल नेतृत्वको सरकार असंवैधानिक र अल्पमतमा रहेको भन्दै राजीनामा मागेका हुन् ।

वित्रप्तीमा भनिएको छ, ‘प्रदेश सरकार र सत्तापक्षका सांसदहरू प्रदेश सभाको बैठक बहिस्कार गरी हठात् मानसिकताबाट ग्रसित भई अधिवेशन अन्त्य गरी सोझै अध्यादेशबाट बजेट ल्याउने कार्य असंवैधानिक, अलोकतान्त्रिक स्वेच्छाचारी कदम हो, यस कदमको गठबन्धन दल घोर विरोध गर्दछ, यस परिघटनाले माननीय शंकर पोखरेल नेतृत्वको सरकार असंवैधानिक र अल्पमतको सरकार हो भन्ने प्रमाणित गर्छ।’