६ असार २०८३, शनिबार
,
Latest
हैटीलाई ३–० ले पराजित गर्दै ब्राजिलद्वारा पहिलो जित दर्ता यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आज कृषि तथा वनविज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने हाइटीविरुद्ध पहिलो हाफमै ब्राजिलको ३-०को अग्रता बजेटका बारेमा जलेश्वर नगरपालिकामा तनाव,जनप्रतिधिहरु नै उत्रिए तोडफोडमा रातो मच्छिन्द्रनाथको भोटो जात्रा आज
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली सेनाको सांगठनिक पुनर्संरचना कार्यान्वयन



अ+ अ-

काठमाडौं । गत असार २४ गते नेपाल सरकारको मन्त्रिपरिषदको निर्णयबाट नेपाली सेनाको सांगठनिक पुनर्संरचना २०७७/७८ स्वीकृत भएअनुसार आज (शुक्रबार)बाट कार्यान्वयनमा आएको छ । 

यसअघि गत वर्ष फागुन २० गते बसेको नेपाल सरकारको मन्त्रिपरिषदले नेपाली सेनाको ३ जोड १ कमाण्ड संरचनालाई स्वीकृत दिएको थियो । 

यसै अवसरमा आज (शुक्रबार) जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाद्वारा कमाण्ड हेडक्वाटरका कमाण्ड सेनापतिहरुलाई ‘कमाण्ड झण्डा’ हस्तान्तरण गर्नुभएको छ । 

बलाधिकृत रथी प्रभुराम शर्मा लगायत जंगी अड्डास्थित विभिन्न कार्यालयका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको उक्त कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै महारथी थापाले कमाण्ड सेनापतिहरुलाई सफल कार्यकालको शुभकामना समेत दिनुभएको थियो । साथै सोही कार्यक्रममा महारथी थापाले विशेष उपहारस्वरुपमा तयार गरिएको ‘प्रधान सेनापति छडि’ समेत ग्रहण गर्नुभएको थियो ।