६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महान्यायाधिवक्ता खातीले आज शपथ लिँदै



अ+ अ-

काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीले आज शुक्रबार शपथ लिने भएका छन् । 

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा बिहीबार महान्यायाधिवक्तामा नियुक्त खातीको शपथ दिउँसो सवा २ बजे सर्वोच्च अदालतमा हुने तय भएको छ । 

गत बैशाखमा राष्ट्रपति कार्यालयले राष्ट्रपतिले गराउने बाहेकका शपथ सर्वोच्च अदालतमै व्यवस्थापन गर्न पत्र लेखेअनुरुप  नवनियुक्त महान्यायाधिवक्ता खातीको शपथ ग्रहण कार्यक्रम सर्वोच्चमै तय गरिएको हो । 

यसअघिका महान्यायाधिवक्ताहरु अग्नि खरेल र रमेश बडालले भने राष्ट्रपति भवन शितलनिवासमा राष्ट्रपति भण्डारीकै उपस्थितिमा शपथ ग्रहण गरेका थिए ।