काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आज बानेश्वरस्थित संसद भवनका सभाकक्ष लगायतको स्थलगत अवलोकन गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक साउन ३ गतेका लागि बोलाएपछि संसद बैठकको तयारी र यसका लागि अपनाइएको स्वास्थ्य मापदण्डबारे बुझ्न सभामुख सापकोटा आज बिहान संसद भवन पुगेका हुन् । संसद बैठक तयारीका सन्दर्भमा एन्टिजेन परिक्षण अन्तरगत आइसिसिस्थित स्काई लाइट हलमा सभामुखज्यू लगायत सांसदहरुको एन्टिजेन परिक्षण पनि गरएको छ ।

हिजो (बिहीबार) मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपति भण्डारीले साउन ३ गते गते दिउँसो ४ बजेका लागि बैठक बोलाएकी छिन् ।













