६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले स्थायी कमिटी बैठक बस्दै, सर्वोच्चको फैसलामा पार्टीको आधिकारिक धारणाबारे छलफल



अ+ अ-

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक बसिरहेको छ । अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक आह्वान गरेका थिए। स्थायी कमिटी बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बसिरहेको छ ।

आजको बैठकमा प्रतिनिधि सभा विघटन र उक्त मुद्दामा सर्वोच्च अदालतले दिएको फैसलामा पार्टीको आधिकारिक धारणाबारे छलफल हुनेछ।

त्यस्तै बैठकमा पार्टीभित्रको विवाद र संसदमा पार्टीले खेल्ने भूमिका लगायतका विषयमा छलफल हुने एमाले नेताहरु बताउछन् । त्यस्तै आज दिउँसो ३ बजे संसद भवनको ल्होत्से हलमा संसदीय दलको बैठक पनि बस्दैछ ।