६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी निवास बालुवाटारमा प्रवेश गरे प्रधानमन्त्री देउवा ( भिडियो सहित)



फाईल फोटो
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारस्थित सरकारी निवासमा सरेका छन् । आज (शुक्रबार) बिहान १० बजे बालुवाटारस्थित निवासमा प्रधानमन्त्री देउवा सरेका हुन् ।

प्रधानमन्त्री देउवानिजी निवास बूढानिलकण्ठमा बस्दै आएका थिए ।

गत मंगलबार देउवा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । यस्तै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गत (बुधबार) मात्रै बालुवाटार छाडेका थिए। यतिबेला ओली निजी निवास बालकोटमा बसोबास गर्न थालेका छन्।