काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव बीच भेटवार्ता भएको छ। भट्टराईको निवास टोखामा विप्लव पार्टीका नेता धर्मेन्द्र बाँस्तोलासहित बिहान पुगेका हुन्।
भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेका अनुसार समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको हो।
हिजो मात्रै पनि विप्लवले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई निवासमै पुगेर कुराकानी गरेका थिए। विप्लवका नेता तथा कार्यकर्ताहरू केही अझै जेलमै छन्।












