६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको पदाधिकारी बैठक बस्दै



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक आज बालुवाटारमा बस्दै छ । आज बस्ने बैठक दिउँसो २ बजे हुने भएपनि बैठक बस्ने स्थान भने निश्चित भइसकेको छैन ।

कांग्रेसको पदाधिकारीको बैठक यसअघि (हिजो) बिहीबार भनिएपनि नेताहरुको कार्यव्यस्तताका कारण स्थगित गरिएको थियो ।

आजको बैठकमा पार्टीको केन्द्रीय निर्वाचन समितिले तयारी गरिरहेको निर्वाचन निर्देशिका, नयाँ सरकारका प्राथमिकता, पार्टीले खेल्नुपर्ने भूमिका लगायतका विषयमा नेताहरुबीच छलफल गर्ने तयारी छ ।