६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवा आज सरकारी निवास बालुवाटार सर्दै



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज सरकारी निवास बालुवाटार सर्दैछन् । 

निजी निवास बूढानिलकण्ठमा बस्दै आएका प्रधानमन्त्री देउवा आज बिहान ९ः५७ बजे देउवा बालुवाटार सर्न लागेका हुन्। गत मंगलबार देउवा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । 

यस्तै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो (बुधबार) मात्रै बालुवाटार छाडेका थिए। यतिबेला ओली निजी निवास बालकोटमा बसोबास गर्न थालेका छन्।