काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले क्षितिज थेवेको कमाण्डमा युथ फोर्स ब्युँताएको छ ।
एमालेले २०६५ सालमा युवा संघले तत्कालीन कोषाध्यक्ष महेश बस्नेतको नेतृत्वमा युथफोर्स गठन गरेको थियो ।
मंगलबार पत्रकार सम्मेलनमार्फत युथफोर्स ब्युँतिएको घोषणा गर्दै युवा संघका इन्चार्ज महेश बस्नेतले युथफोर्सले विगतमा जस्तै सबैखाले ज्यादतीविरुद्ध जनताको सुरक्षा गर्ने बताए ।
युवा संघका वरिष्ठ उपाध्यक्ष थेवे प्रमुखमा रहँदा पुष्प श्रेष्ठलाई उपप्रमुखको जिम्मेवारी दिइएको छ ।












