६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रीबारे छलफल गर्न जसपाको उपेन्द्र-बाबुराम पक्ष बैठक बस्दै



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र-बाबुराम पक्ष सरकारमा जाने मन्त्रीबारे छलफल गर्न बैठक बस्दै छ । छलफलका लागि उपलब्ध केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुको बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे बस्ने बताईएको छ । 

यता कांग्रेस सभापति शेरबहादुर देउवा भने सकेसम्म आजै जसपालाई पनि समेटेर सानो आकारको मन्त्रीमण्डल बनाउने तयारीमा छन् । 

देउवाले आज अपराह्न ४ बजे प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दैछन् । सर्वोच्च अदालतले सोमबार साँझ ५ बजेभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।