२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवौं एक्सेल्सियर कप: न्यु इरा विजयी



अ+ अ-

काठमाडौं । न्यु इराले नवौं एक्सेल्सियर कपअन्तर्गत सिनियर गल्र्स बास्केटबलमा शनिबार जित हात पारेको छ ।

स्वयम्भूस्थित आयोजक द एक्सेल्सियर स्कुलको कोर्टमा न्यु इराले क्लिनटनलाई २०–१० ले पराजित ग¥यो । न्यु इराकी नर्गिमा तामाङले १४ स्कोर गरिन् । अन्य खेलमा काष्ठमण्डपले रातो बंगलालाई १३–६, रिब्सले पाठशाला नेपाललाई ५–२ तथा एक्सेल्सियरले रेडिअन्ट पब्लिकलाई ६–५ ले हराए । काष्ठमण्डपकी आस्मा अर्यालले ७, रिब्सकी नन्सिता लिम्बूले ४ र एक्सेल्सियरकी साम्तेन डोल्मा लामाले ४ अंक जोडे ।

सिनियर ब्वाइज बास्केटबलमा नेपालयले रातो बंगलालाई २५–२२, ओएसिसले क्लिनटनलाई ३६–१८ र एलआरआईले एपेक्स लाइफलाई १८–१२ ले पाखा लगाए । नेपालयका विजेन थापा मगरले १३, ओएसिसका रेवन राईले २३ र एलआरआईका जयन गिरीले १२ अंक बटुले ।

यु–१६ ब्वाइज फुटबलमा ग्रिनफिल्डले एक्सेल्सियरलाई ५–१ र रिब्स ‘ए’ लाई २–०, श्री सञ्जय साइले रिब्स ‘बी’ लाई १–० तथा न्यु इराले एक्सेल्सियर नीलोलाई ४–० र रिब्स ‘ए’ लाई ३–० गोलले पराजित गरे ।

यु–१२ ब्वाइज फुटबलमा एक्सेल्सियरले श्री सञ्जय साइलाई ३–१ गोलले हरायो । एक्सेल्सियरका कृष पाण्डेले २ तथा साहिलराज थापाले १ गोल गरे । सञ्जय साइका इशान चौलागाईंले १ गोल फर्काए ।