२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंकिङ नीतिका कारण व्यवसायी टाँट पल्टिँदैछन्ः मुख्यमन्त्री कार्की



अ+ अ-

उर्लाबारी । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बैंकिङ नीतिका कारण व्यवसायी टाँट पल्टने अवस्थामा पुगेको बताउनुभएको छ । उहाँले आज मोरङको उर्लाबारीस्थित उर्लाबारी उद्योग वाणिज्य सङ्घको आयोजनामा सञ्चालित प्रादेशिक औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सवमा भन्नुभयो, “व्यवसायी ब्याजकै कारण भौँतारिनुपर्ने अवस्थाको सिर्जना भएको छ, बैंकिङ नीतिमा सुधार गरियोस् ।”

पछिल्लो समय बैंकमा सञ्चिती बढ्दै गएको उल्लेख गर्दै मन्त्री कार्कीले बैंकले राम्रा नीति बनाउने, राष्ट्र बैंकले राम्रो मौद्रिक नीति ल्याउने हो भने हाम्रो मुलुक आर्थिकरूपले विपन्न हुने दाबी गर्नुभयो । उहाँले व्यापारीले चर्को ब्याज तिर्नुपर्ने अवस्था आएको भन्दै यस्तो अवस्थामा सुधार हुनुपर्नेमा जोड दिनुभयो ।

माघ २९ गतेसम्म सञ्चालन हुने महोत्सवमा नेपाललगायत भारत, पाकिस्तान र बङ्गलादेशका गरी एक सय ७० स्टल राखिएको महोत्सव आयोजक समितिका संयोजक चन्द्रबहादुर भट्टराईले जानकारी गराउनुभयो । यस क्षेत्रको व्यापार, व्यवसायलाई चलायमान बनाउन महोत्सव आयोजना गरिएको भट्टराईको तर्क छ ।

उद्घाटन कार्यक्रममा मुख्यमन्त्री कार्कीसहित प्रदेश सांसद उमाकान्त गौतम, शोभा चेम्जोङ पालुङ्वा, उर्लाबारी नगरपालिकाका प्रमुख गङ्गाप्रसाद खरेल, पूर्वसांसद घनश्याम खतिवडा, विर्तामोड उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कुमार भट्टराई, जसपा नेपाल उर्लाबारीका अध्यक्ष मात्रिका धिमाल, सहकारी सञ्जाल उर्लाबारीका अध्यक्ष सीता कार्कीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

सो अवसरमा उर्लाबारीमा रहेका १७ जनजातिका सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरिएको थियो । नौ दिनसम्म सञ्चालन हुने महोत्सवमा दुई लाख दर्शकले अवलोकन गर्ने र रु २५ करोडको कारोबार हुने अपेक्षा गरिएको आयोजक उर्लाबारी उद्योग वाणिज्य सङ्घका अध्यक्ष शेरबहादुर भण्डारीले बताउनुभयो ।

उत्पादक र उपभोक्ताबीच सुमधुर सम्बन्ध कायम गर्ने हेतुले आयोजना गर्न लागिएको महोत्सवमा नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगका अतिरिक्त विदेशका वस्तु र पहाडी जिल्लाका खनिजजन्य, स्थानीय कृषिजन्य र अन्य उत्पादनका स्टल राखिएको महोत्सवका सहसंयोजक प्रितम खड्गीले बताउनुभयो ।