२३ जेष्ठ २०८३, शनिबार
,
Latest
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोटेनहमले म्यान्चेस्टर सिटीलाई हरायो



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत टोटेनहमले जित निकालेको छ । आइतबार राति सम्पन्न खेलमा टोटेनहमले म्यान्चेस्टर सिटीलाई १–० गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन एकमात्र निर्णायक गोल ह्यारी केनले गरे । उनले खेलको १५ औं मिनेटमा गोल गरे ।

म्यान्चेस्टर सिटीको डिफेन्डर रोड्रीले ‘ब्याक पास’ गर्दा गल्ती गरेपछि टोटेनहमका पिएरे होज्ब्जर्गले बल ह्यारी केनलाई उपलब्ध गराए । त्यसपछि कप्तान केनले उक्त अवसरको सदुपयोग गरे । योसँगै केनले प्रिमियर लिगमा २०० गोल गर्न सफल रहे ।

त्यसपछि दुबै टिमबाट गोलको प्रयास भएपनि गोल गर्न भने असफल रहे । यो नतिजासँगै २२ खेलबाट ३९ अंकसहित टोटेनहम तालिकाको पाँचौं स्थानमा रहेको छ । एक खेल कम खेलेको सिटी ४५ अंकसहित दोस्रो स्थानमा रहेको छ । सिटीले शीर्ष स्थानमा रहेको आर्सनलसँगको दुरी घटाउने अवसर गुमाएको छ । आर्सनल ५० अंकसहित शीर्षस्थानमा यथावत छ ।